Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

माधव नेपाललाई उनकै समूहका युवा नेताहरुको चेतावनी, ‘पार्टी फुटाउने काम नगर्नुस्’, झलनाथ पनि माधवको विपक्षमा

माधव नेपाललाई उनकै समूहका युवा नेताहरुको चेतावनी, ‘पार्टी फुटाउने काम नगर्नुस्’, झलनाथ पनि माधवको विपक्षमा

नेपाल पाना जेठ २० २०७८
  • 5.1K
    SHARES
  • माधव नेपाललाई उनकै समूहका युवा नेताहरुको चेतावनी, ‘पार्टी फुटाउने काम नगर्नुस्’, झलनाथ पनि माधवको विपक्षमा

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा नेताहरुले पार्टी फुटाउने लाग्न नहुने धारणा राखेका छन् ।

    उनीहरुले पार्टीभित्रै आफ्ना माग पूरा गराउन सशक्त भएर जानुपर्ने तर पार्टीबाट अलग हुनेबारे नसोच्न नेता नेपाललाई सचेत पनि गराएका छन् ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भर्चुअल माध्यामबाट जारी रहेको केन्द्रीय कमिटी बैठकमा संस्थापन पक्ष (ओली)सँग संवादमा रहेका नेताहरुले पार्टी फुटातिर लाग्न नहुने बताए ।

    पार्टीलाई जेठ २ मै फर्काउन नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई ओली पक्षसँग वार्तामा सक्रिय छन् । यस्तो बेला यी नेताहरुले वार्तामा ओलीले अल्झाउन खोजे पनि संघर्ष जारी राख्नुपर्ने तर पार्टी फुटाउन नहुने धारणा राखेका हुन् ।

    यो धारणालाई वरिष्ठ नेता झलनाथ खनालले पनि समर्थन गरेका छन् । खनालले अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हातार गरिहाल्न नहुनेमा जोड दिए । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि अझै केही समय पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो नगर्न नहुनेमा माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

    माधव नेपालभित्रका भीम रावललगायत उग्र मानिएका नेताहरुले भने तत्काल पार्टी फुटाएर अलग हुनुपर्ने पक्षमा छन् ।

    जेठ २०, २०७८ बिहिवार १४:५९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana