Logo

सोमवार, कार्तिक १ गते २०७८

images

कांग्रेस र माओवादीको ठूलो हिस्सा एमाले प्रवेशको तयारीमा, वार्ता गरिरहेका महेश बस्नेतले गरे विशेष खुलासा

कांग्रेस र माओवादीको ठूलो हिस्सा एमाले प्रवेशको तयारीमा, वार्ता गरिरहेका महेश बस्नेतले गरे विशेष खुलासा

नेपाल पाना जेठ २० २०७८
  • 9.2K
    SHARES
  • कांग्रेस र माओवादीको ठूलो हिस्सा एमाले प्रवेशको तयारीमा, वार्ता गरिरहेका महेश बस्नेतले गरे विशेष खुलासा

    काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रको ठूलो हिस्सा सत्तारुढ एमालेमा प्रवेश गर्न लागेको एमाले युवा नेता महेश बस्नेतले खुलासा गरेका छन् ।

    सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा नेता बस्नेतले सत्ताका लागि गठबन्धन बनाउने, अर्काका सांसदको आडमा सत्तामा दाबी गर्ने र दाबी खारेज भएपछि सत्ताकै लागि अदालत पुगेको भन्दै कांग्रेस र माओवादीको ठूलो जमातमा असन्तुष्टि छाएको र उनीहरु एमाले प्रवेशको मनस्थितिमा रहेको बताए ।

    केही दिनअघि युवा संघको कार्यक्रममा पनि एमाले फुटाउन खोज्दा कांग्रेस र माओवादी पनि फुट्न सक्ने चेतावनी दिएका बस्तेनले त्यसमा थप पुष्ट्याउँदै कांग्रेसभित्रका २३ र माओवादी भित्रका २५ जनाको समूह विद्रोहको निष्कर्षमा पुगेको सूचना आफूलाई आएको खुलासा गरे । बस्नेतसँग आएको सूचना उनकै शब्दमा संसदीय व्यवस्थाका लागि लडेको कांग्रेसले आज दलविहीन व्यवस्थाको परिकल्पना एउटा प्रधानमन्त्रीका लागि गरेको हो? संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बन्न देउवाले नेकपा एमाले र जसपाका विद्रोही सांसदलाई बोकेर कांग्रेस अदालत जाने अवस्था बन्नु लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्थाका लागि हानिकारक र हास्यापद छ ।

    दललाई मजबुत बनाउने दिशामा नजाने हो र नेपालको राजनीति फेरि ७२ सालकै सेरोफेरोमा घुमाउने र अर्काको दल फुटाउने र अनेक खालका चलखेल भित्र्याउने र विकृति भित्र्याउने मोडलमा गयो भने कांग्रेस भित्रका लोकतान्त्रिक धारहरु र त्यहाँभित्रका बौद्धिक सर्कलसँग नियमित कुराकानी हुँदा अहिलेको कांग्रेसले प्रचण्ड, उपेन्द्र बाबुरामहरुसँग जुन सहकार्य गरिरहेको छ उसको लोकतान्त्रिक धारमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा गम्भीर प्रश्न उठ्दैछ ।

    इतिहासमै पहिलोपटक सत्ताका लागि कांग्रेस मुद्दा लिएर अदालत जाँदा यसबाट कांग्रेसभित्रको बौद्धिक सर्कल निकै असन्तुष्ट छ । माओवादीभित्र प्रचण्ड समाप्तीको दिशातिर गए हामीलाई संरक्षण पनि गर्न सक्दैनन् भविष्य पनि छैन भनेर असन्तुष्टि निकै चर्को ढंगले उठिरहेको छ ।

    प्रचण्डसँग छुट्टिएका वैद्यदेखि विप्लवसँग एलायन्स बनाएर भोलि एमालेसँग जाने कि डाइरेक्ट एमालेमा जाने भनेर माओवादीभित्र चर्को बहस छ। कांग्रेसभित्र पनि २३/२५ जना र माओवादीभित्र पनि २५ जना असन्तुष्टहरु फरक ढंगले जान खोजेका छन् भन्ने सूचना पाएको छु ।

    सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न खोज्यो भने आफ्नो घर पनि फुट्ने खतरा हुन्छ भनेर दलहरुले बुझ्नुपर्छ ।

    जेठ २०, २०७८ बिहिवार १६:००:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana