Logo

शुक्रवार, मंसिर १६ गते २०७९

बालुवाटारमा प्रधानमन्त्री ओली र ठाकुरपक्षबीच छलफल, यसरी बाँडफाँड हुँदै १० मन्त्रालय !

बालुवाटारमा प्रधानमन्त्री ओली र ठाकुरपक्षबीच छलफल, यसरी बाँडफाँड हुँदै १० मन्त्रालय !

नेपालपाना जेठ २० २०७८
  • 9.2K
    SHARES
  • बालुवाटारमा प्रधानमन्त्री ओली र ठाकुरपक्षबीच छलफल, यसरी बाँडफाँड हुँदै १० मन्त्रालय !

    काठमाडौं। एक दुई दिनमै सरकारमा जाने तयारीमा रहेको जनता समाजवादी पार्टी जसपको अध्यक्ष महन्थ ठाकुरपक्ष र  प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफलको भएको छ ।

    बिहीबार महन्थ ठाकुरपक्षका नेताहरू प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लगाउन बिहीबार प्रधानमन्त्रीसँग कुराकानी भएको ठाकुर पक्षले जनाएको छ। 

    स्रोतका अनुसार ठाकुर पक्षले सरकारमा ८ मन्त्री र २ राज्य मन्त्री पठाउने तयारी गरेको छ। यता उपेन्द्र यादव पक्षले सरकारमा जाने बित्तिकै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकाल्ने चेतावनी दिएको छ।

    ठाकुर समुह ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० मन्त्रीकाे जम्बाे टाेलीसहित सरकारमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेकाे हाे । एक दुई दिनमै ठाकुरसमुह सरकारमा सामेल भइसक्ने भएकाे छ ।

    जेठ २०, २०७८ बिहिवार १८:२०:११ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend