Logo

शुक्रवार, मंसिर १६ गते २०७९

मन्त्री भएर सचिवलाई शौचालयमा थुन्ने यी माओवादी नेताको अकुत सम्पत्ति? श्रीमतीको नाम खुलेपछि सम्पत्ति शुद्धिकरणको डर

मन्त्री भएर सचिवलाई शौचालयमा थुन्ने यी माओवादी नेताको अकुत सम्पत्ति? श्रीमतीको नाम खुलेपछि सम्पत्ति शुद्धिकरणको डर

नेपालपाना जेठ २१ २०७८
  • 25.6K
    SHARES
  • मन्त्री भएर सचिवलाई शौचालयमा थुन्ने यी माओवादी नेताको अकुत सम्पत्ति? श्रीमतीको नाम खुलेपछि सम्पत्ति शुद्धिकरणको डर

    काठमाडौं । पूर्व उद्योग वाणिज्य तथा आर्पूति मन्त्री एवं नेकपा माओवादीको नेता मात्रिका यादवले भएभएरको सम्पत्ति श्रीमतीका नाममा राखेको खुलेको छ ।

    आफूलाई पारदर्शी देखाउन तथा आर्थिक विवाद नपर्न उनले सम्पत्तिको मालिक श्रीमतीलाई बनाएका हुन् । यसरी श्रीमतीलाई मालिक बनाउँदा सम्पत्तिको स्रोत देखाउन परे दाइजोमा आएको भनेर उम्किन पाइन्छ ।

    सर्वहारा भनेर नथाक्ने कम्युनिस्ट नेताहरूको धन सम्पत्ति देख्न जिब्रो टोक्नुपर्ने अवस्था छ । यो परिस्थिति यादवको हकमा पनि लागु हुन्छ । तर लुकाउने माध्यम श्रीमतीलाई बनाएर आफू साधु र सर्वधाराको नाटक गर्ने गरेका छन् ।

    माओवादी जनयुद्धका मधेश कमाण्डर यादव प्रचण्डका विश्वाबसपात्र पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको क्यायविनेटमा २०७४ साल फागुन १४ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका यादव हरेक सूचना प्रचण्डकहाँ पुर्याउँथे ।

    विस २०७६ मंसिर पहिलो साता यादवलाई ओलीले मन्त्री पदबाट निकाले । झण्डै २१ महिना मन्त्री भएका यादव पटक–पटक विवादमा आए । विवादको पछाडि आर्थिक स्वार्थ नै देखिएको थियो ।

    माओवादी सर्वहारा कमाण्डर यादवले खुलाएको सम्पत्ति विवरण हेर्दा नै निकै कमाएको देखिन्छ । नदेखिएको सम्पत्ति सन्तान, सालो साली र अन्य नातेदारमा देखाउने नेपाली नेताको परम्परा नै छ । तर सर्वहारा नेताको देखिने सम्पत्ति नै अनुमानभन्दा पर छ ।

    मन्त्री भएपछि यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनीसँग सुको पनि छैन भन्ने देखिन्छ । पुराको पुरा गरिब देखाउँछ ।

    तर, श्रीमतीको नाममा भने करोडौंको सम्पत्ति

    यादव पत्नी प्रमिलादेवीको नाममा सिरहाको रामनगर तथा धनुषाको सवेलामा १० कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, ललितपुरको चापाँगाउँमा यादव दम्पत्तिको ३ रोपनी ४ आना जग्गा छ । त्यो जग्गा पनि प्रमिलादेवीकै नाममा छ । यतिसम्मकी यादवको गाडी समेत प्रमिलादेवीकै नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    यादवले पहिलोपटक मन्त्री बन्दा सचिवलाई शौचालयमा थुनेर अनुशासनको पाठ सिकाएका थिए । जसका कारण उनले मन्त्री पद नै गुमाउनुपरयो ।

    पटक पटक मन्त्री बनेका यादवले श्रीमतीका नाममा सम्पत्ति देखाएर आफू उम्किन खोजेका छन् । यद्यपि यसमा सम्पत्ति सुद्धिकरण विभागले छानविन गरे धेरै कुरा बाहिर आउने र सम्पत्ति अवैध पनि भेटिन सक्ने यादवसँग संगत गरेका माओवादी नेताहरु बताउँछन् ।

    जेठ २१, २०७८ शुक्रवार ०७:५७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मात्रिका यादव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend