Logo

शुक्रवार, मंसिर १६ गते २०७९

८ बजे सपथ लिँदै जसपाका नवनियुक्तमन्त्री, यी हुन् भाग्य चम्काउने नेताहरू !

८ बजे सपथ लिँदै जसपाका नवनियुक्तमन्त्री, यी हुन् भाग्य चम्काउने नेताहरू !

नेपालपाना जेठ २१ २०७८
  • 9.9K
    SHARES
  • ८ बजे सपथ लिँदै जसपाका नवनियुक्तमन्त्री, यी हुन् भाग्य चम्काउने नेताहरू !

    काठमाडौं। जसपाका महन्थ ठाकुर( राजेन्द्र महतो समूहले शुक्रवार साँझ आठ बजे सपथ लिने कार्यक्रम तय भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुरसमुहबीच भएको सहमतिपछि  मन्त्रीहरूको नाममा सहमति भए पछि शपथ कार्यक्रमको  टुङ्गो लागेको हो।

    सहमति अनुसार महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण बन्ने तय भएको छ ।

    त्यसैगरी विमल श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुद र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री बन्ने भएका हुन् । रेनुका गुरुङ पनि मन्त्रीको लाइनमा छिन् । 

    जेठ २१, २०७८ शुक्रवार १८:४४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend