Logo

शुक्रवार, मंसिर १६ गते २०७९

श्रीमान-श्रीमति दुवै मन्त्री, ओली समुहमा लागेका शेरबहादुर तामाङको भाग्य चम्कियो !

श्रीमान-श्रीमति दुवै मन्त्री, ओली समुहमा लागेका शेरबहादुर तामाङको भाग्य चम्कियो !

नेपालपाना जेठ २१ २०७८
  • 9.5K
    SHARES
  • श्रीमान-श्रीमति दुवै मन्त्री, ओली समुहमा लागेका शेरबहादुर तामाङको भाग्य चम्कियो !

    काठमाडौं। शुक्रबार एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा उनले मन्त्रालयको जिम्मा पाएका हुन् ।

    नेता तमाङकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका थिए । 

    यसअघि ओली सरकारको पहिलो मन्त्रीमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । विवादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो । अहिले तमाङदम्पती दुवै मन्त्री भएका हुन् ।

    जेठ २१, २०७८ शुक्रवार २०:१९:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend