Logo

बुधवार, मंसिर १५ गते २०७८

images

सपथ लिए लगत्तै पर्यटनमन्त्री अरगरियाकाे ऐतिहासिक कदम, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कार्यदल गठन

सपथ लिए लगत्तै पर्यटनमन्त्री अरगरियाकाे ऐतिहासिक कदम, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कार्यदल गठन

नेपालपाना जेठ २२ २०७८
  • 6.4K
    SHARES
  • सपथ लिए लगत्तै पर्यटनमन्त्री अरगरियाकाे ऐतिहासिक कदम, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कार्यदल गठन

    काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेलगत्तै सम्माननीय पहल चालेका छन् ।

    पर्यटनमन्त्रीका रुपमा शुक्रबार शितल निवासमा आयोजित समारोहमा मन्त्री अरगरियाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए । सोलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न  पहल गरेका हुन् ।

    जनकपुरस्थित जानकी मन्दिर क्षेत्र देशकै बिशेष र ऐतिहासिक स्थान हो । तर, हालसम्म कसैको उल्लेख्यिय ध्यान नगएका बेला मन्त्री अरगरियाले पद वहाल गरलगत्तै जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गर्न कार्यदल गठन गरेका हुन् ।

    मन्त्री अरगरियाले  पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वम एक समिति गठन गर्ने निर्णय गरेका हुन् । यो समितिले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी आवश्यक सिफारिस गर्नेछ ।

    जेठ २२, २०७८ शनिवार ०८:०९:०६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana