Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनको फेरिरहने सन्तान नीति : जनभावनामाथि खेलबाड, मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको हनन, समूहमा बाडिँदा जनता विद्रोहमा

चीनको फेरिरहने सन्तान नीति : जनभावनामाथि खेलबाड, मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको हनन, समूहमा बाडिँदा जनता विद्रोहमा

नेपालपाना जेठ २२ २०७८
  • 8.6K
    SHARES
  • चीनको फेरिरहने सन्तान नीति : जनभावनामाथि खेलबाड, मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको हनन, समूहमा बाडिँदा जनता विद्रोहमा

    काठमाडौं । चीनले जनसंख्या नियन्त्रणको प्रकृति र परिवारहरुको आकारमा परिवर्तन गरेर राष्ट्रिय विकासलाई परीक्षण गर्न सफल भएको छ । यद्यपि यसले मानव अधिकार र कुनै व्यक्तिको जिउने र भविष्य तय गर्ने स्वतन्त्रतालाई पूर्ण रुपमा अस्वीकारको संकेत गर्छ । 

    चीनले सन् १९७९ देखि एक चीन नीति लागु गरेको छ । जसको प्रभाव दम्पतीहरुमा पनि परेकछ । जो दुई वा दुईभन्दा बढि सन्तान चाहन्थे । स्वस्थ भाई-बहिनीको सम्बन्धका साथ सन्तुलित परिवार चाहन्थे ।

    वैचारिक रुपमा चिनियाँ नागरिकलाई एक सन्तान नीतिले विकल्पबाट वञ्चित गरिदियो । यो नीतिको समाजमा गम्भिर प्रभाव पर्यो किनकि राज्यले आफ्ना नागरिकलाई आफ्नो नीतिमा रहन बाध्य पार्यो । आफ्नो परिवार कत्रो बनाउने भन्ने योजनाबाट दम्पतीलाई वञ्चित गरायो । 

    यो नीतिले राष्ट्रलाई लाभ हुने राज्यको अनुमान थियो । तर त्यसो हुन सकेन । सन् २००० मा यो नीतिमा परिवर्तन गर्नुपर्ने महसुस गरेको छ । किनभने युवा जनसंख्यामा निकै गिरावट आयो र वृद्धावस्थाको जनसंख्या धेरै भयो । 

    यो अवस्था आएपछि चीनलाई सन् २०१५ मा २ बच्चाको नीतिमा स्थानान्तरित गर्नका प्रेरित गर्‍यो । यसको मुल उद्देश्य वृद्ध र युवा जनसंख्याको अनुपातलाई घटाएर युवा पूस्तालाई बढाउनु हो । तर, केही परिवारको एक सन्तान नीतिबाट सन्तुष्ट छन् । दुई सन्तानको नीतिले उनीहरूको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने विषय ख्याल गरिएको देखिदैन । यसले दुई वा बढी सन्तानको चाहना भएर पनि एक सन्तानमा चित्तबुझाउन बाध्य परिवारलाईसमेत अन्यायमा पारेको छ । सरकारलाई आफ्नो नीति फेरबदल गरिरहन सजिलो भए पनि यसले नागरिकको भावनासँग खेलवाड गरेर मानव अधिकारको पूर्ण उल्लंघन र स्वतन्त्रताको हक हनन गरेको छ ।  

    दुई सन्तान नीतिको प्रभावकारी कार्यान्वयन नभएपछि चीनले तीन सन्तानको नीति तर्जुमा गर्‍यो । यसले व्यक्तिगत अधिकारलाई चुनौती दिँदै चिनियाँ सरकारले राज्य वा पार्टीको हवला दिएर नागरिकको स्वतन्त्रता हनन गर्नसक्छ भन्ने स्पष्ट पारेको छ ।   

    यदी तीन सन्तानको नीति असफल भएमा चीनले चार सन्तानको नीति तर्जुमा गर्ने सम्भावना छ । यसले वस्तु उत्पादन गर्ने विशुद्ध कारखानाको रुपमा लिएको देखिन्छ, जहाँ मागअनुसार उत्पादन बढाउने वा घटाउने गरिन्छ । राज्यको निर्देशनका आधारमा जन्मदरमा नियन्त्रण गर्ने चीनको नीति यो कारखाना भन्दा भिन्न छैन । 

    समय-समयमा बालबालिकाको संख्यामा निरन्तरण परिवर्तन गर्ने चीन सरकार उनीहरूको पालनपोषणमा भने असंवेदनशील बन्दै आइरहेको छ । संसारभर अधिकांश मुलुकमा परिवार नियोजन लागू भइसकेको छ । तर, चीनले जसरी बच्चा जन्माउने नागरिकको अधिकारमाथि नियन्त्रण र नियमन कुनै मुलुकले गरेको छैन । 

    आज चीनको जनसंख्या विभिन्न समूहमा विभाजित हुने अवस्थामा पुगेको छ । एक सन्तानको छुट्टै समूह, दुई सन्तानको समूह र तीन सन्तानको छुट्टै समूहमा समाज बाँडिएको छ । संसारभर परिवारहरूमा दुई सन्तान सामान्य परिवार वा स्वीकृत सन्तुलित मापदण्डभित्र पर्छ । दुई सन्तानबाट वृद्धि गराउने दबाब दिन मानव अधिकारको उल्लंघन हो । यसले मानव स्वतन्त्रतालाई कुण्ठित पार्ने निश्चितप्राय: छ ।

    जेठ २२, २०७८ शनिवार १६:२५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend