Logo

शुक्रवार, मंसिर १६ गते २०७९

युवा संघद्वारा नवनियुक्त पर्यटनमन्त्री अरगरियाको भव्य स्वागत !

युवा संघद्वारा नवनियुक्त पर्यटनमन्त्री अरगरियाको भव्य स्वागत !

नेपालपाना जेठ २२ २०७८
  • 14.7K
    SHARES
  • युवा संघद्वारा नवनियुक्त पर्यटनमन्त्री अरगरियाको भव्य स्वागत !

    काठमाडौं। नवनियुक्त पर्यटनमन्त्री उमाशंकर अरगरियाको भव्य स्वगत भएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले केन्द्रीय कार्यालय बानेश्वरमा मन्त्री अरगरियाको भव्य स्वागत गरेको हो ।

    स्वागत कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले स्वागत मन्तब्य राख्दै मन्त्री अरगरियालाई बधाइ दिएका थिए ।त्यस्तै संघका उपाध्यक्ष सञ्जिवकुमार झा सुरजले समेत कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए ।

    स्वागत कार्यक्रममा नयाँ युवा जोशजाँगर सहितका नेतालाई मन्त्रीका रुपमा दैख्न पाउँदा  सबैले खुसी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री अरगरियाले पर्यटन क्षेत्रको व्यापक विकास र प्रर्वद्धन गरी देशलाई ठूलो योगदान पुर्याउने बताए ।

    पर्यटन क्षेत्रको अनुभव समेत रहेका मन्त्री अरगरियाले देशको प्रमुख आर्थिक क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रलाई बिशेष नीति योजना अरुप विकास गर्ने बताएका छन् ।

    भिजन र वौद्धिक क्षमता एवं युवा जोश रहेका मन्त्री अरगरियाले हिजो (शुक्रबार) सपथ लिएलगत्तै जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न पहल चालिसकेका छन् ।

    जेठ २२, २०७८ शनिवार १७:०९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उमाशंकर अरगरिया

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend