Logo

आइतवार, मंसिर १२ गते २०७८

images

प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक चलखेल बढेपछि नेपाली सेना 'हाई अलर्ट'मा, भावी प्रधानसेनापति 'स्ट्याण्ड बाई'

प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक चलखेल बढेपछि नेपाली सेना 'हाई अलर्ट'मा, भावी प्रधानसेनापति 'स्ट्याण्ड बाई'

नेपालपाना जेठ २४ २०७८
  • 26.0K
    SHARES
  • प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक चलखेल बढेपछि नेपाली सेना 'हाई अलर्ट'मा, भावी प्रधानसेनापति 'स्ट्याण्ड बाई'

    काठमाडौं । नेपाली सेनाले पछिल्लो राजनीति परिस्थितिलाई नजिकबाट नियकालिरहेको प्रतिक्रिया दिएको छ । प्रधानन्यायाधीश पूर्णचन्द्र थापाले आइतवार पत्रकारहरुसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनपछिको परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेतर्फ सेना सजग भएको बताए । 

    संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध चौतर्फी हमला भइरहेको छ । विपक्षी दलहरु गठबन्धन बनाएरै ओलीलाई ढाल्न सडकदेखि अदालतसम्म पुगेका छन् । विपक्षी गठबन्धनले आन्दोलन चर्काउने योजना बनाइरहेका बेला सेना अलर्ट भएको हो । आन्दोलनले सुरक्षा चुनौती ल्याउने सेनाको विश्लेषण छ । 

    परिस्थितिहरुको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्नेमा जोड दिँदै थापाले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताए । 

    हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको भन्दै थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने प्रतिबद्धता जनाए । 

    आफ्नो कार्यकालको उत्तरार्धतिर आइपुगेका थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको जानकारी पनि दिए । थापाको कार्यकाल ३ महिना बाँकी छ । रथी प्रभुराम शर्मा नयाँ प्रधानसेनापति बन्ने तयारी भइरहँदा आइपर्ने सुरक्षा चुनौती ह्याण्डिल गर्न उनलाई कमाण्डर तोकिएको छ ।

    जेठ २४, २०७८ सोमवार १०:२३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana