Logo

बुधवार, मंसिर १५ गते २०७८

images

निषेधाज्ञाको उल्लंघन गरेपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरिवाना

निषेधाज्ञाको उल्लंघन गरेपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरिवाना

नेपालपाना जेठ २४ २०७८
  • 3.8K
    SHARES
  • निषेधाज्ञाको उल्लंघन गरेपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरिवाना

    काठमाडौं । जिल्ल प्रशासन कार्यलय काठमाडौंले निषेधाज्ञाको समयमा तोकिएको समय बाहिर पसल खोलेको भन्दै भाटभटेनीको कोटेश्वर शाखालाई ४ लाख जरिवाना तोकेको छ ।

    बिहान ९ बजेसम्म मात्रै खाद्यपसल संचालनका लागि समय दिइएपनि भाटभटेनी कोटेश्वर शाखामा दिउँसो खुला गरिएको पाइएपछि जरिवाना तिराउन लगाइएको हो ।

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार छड्के अनुगमन गर्दा दिउसो भाटभटेनीले सामान विक्री गरिरहेको पाइएपछि त्यहाँका म्यानेजरलाई समेत पक्राउ गरिएको छ । 

    त्यसपाछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई ४ लाख जरिवाना तिर्न आदेश दिएका हुन् ।

    जेठ २४, २०७८ सोमवार २०:३०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # भाटभटेनी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana