Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

भियतनाम बुद्धिस्ट संघद्वारा भारतमा स्वास्थ्य उपकरण सहयोग

भियतनाम बुद्धिस्ट संघद्वारा भारतमा स्वास्थ्य उपकरण सहयोग

नेपाल पाना जेठ २५ २०७८
  • 4.6K
    SHARES
  • भियतनाम बुद्धिस्ट संघद्वारा भारतमा स्वास्थ्य उपकरण सहयोग

    भियतनाम । भियतनाम बुद्धिस्ट संघले भारतमा स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराएको छ ।

    भारतस्थित भियतनाम दूतावासको सहकार्यमा भियतनाम बुद्धिस्ट संघले कोरोना महामारीविरुद्ध लड्का लागि स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको हो ।

    भियतना बुद्धिस्ट संघले दक्षिण एसियन मुलुकलाई कोरोना महामारीविरुद्ध लड्का र कोरोना मुक्त गराउन सहयोग पुगोस् भन्नका लागि मे १२ मा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    संघले भारतलाई एक सय थानअक्सिजन सिलिन्डर र ५० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । करिब १४ बिलियन भियतनाम डलर बराबरको सामग्रही हस्तान्तरण कार्यक्रम्मा बोल्दै भीबीएसका कार्यकारी परिषद्का उपप्रमुख थान निहुले महामारीले भारतलाई ठूलो मानवीय र आर्थिक क्षति पुर्याएको दुख व्यत् गरेका छन् ।

    उनले आफ्नो संस्थाले गरेको सहयोग चाँडै भारतीय नागरिकले प्राप्त गर्ने र त्यसले महामारीविरुद्धको लडाइँमा सहायेग पुर्याउने बताए । उक्त सहयोगका लागि भिक्षु तथा भिक्षुणीहरु, बुद्धिस्ट र्धमगुरुहरु र उनीहरुका चेलाहरुको सहयोगबाट उठेको रकमले स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

    भियतनामका लागि भारतीय राजदूत पणय बर्माले बीपीएसले गरेको यस सहयोगप्रति धन्यवाद दिएका छन् ।

    जेठ २५, २०७८ मंगलवार ०८:४९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana