Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

प्रेस काउन्सिल अध्यक्ष नियुक्तिको प्रेस मञ्चले गर्यो स्वागत, विपक्षी गठबन्धनमा हस्ताक्षर गर्ने अध्यक्षलाई काउन्टर

प्रेस काउन्सिल अध्यक्ष नियुक्तिको प्रेस मञ्चले गर्यो स्वागत, विपक्षी गठबन्धनमा हस्ताक्षर गर्ने अध्यक्षलाई काउन्टर

नेपालपाना जेठ २५ २०७८
  • 4.9K
    SHARES
  • प्रेस काउन्सिल अध्यक्ष नियुक्तिको प्रेस मञ्चले गर्यो स्वागत, विपक्षी गठबन्धनमा हस्ताक्षर गर्ने अध्यक्षलाई काउन्टर

    काठमाडौं । प्रेस मञ्च नेपालले प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको स्वागत गरेको छ । सरकारले केही दिनअघि काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । बस्नेतको नियुक्तिविरुद्ध विपक्षी गठबन्धनका पत्रकार संगठनले संयुक्ति विज्ञप्ति जारी गरेर विरोध जनाएका बेला जसपानिकट पत्रकार संगठन प्रेस मञ्चले स्वागत गरेको हो।

    'पत्रकारहरुको सर्वोच्च निकाय प्रेस काउन्सिल नेपाल नेतृत्व विहीन अवस्थामा किमार्थ रहन सक्दैन । पत्रकार आचारसंहितको पालना गराउने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि राज्यले अवलम्बन गरेका कानूनको कार्यन्वयन गर्ने निकायलाई वर्तमान सरकारले नेतृत्व प्रदान गर्नु स्वागत योग्य छ,' महासचिव निमेष कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरुको पेसा नै संकटमा परेको बेला पहल कदमी गर्ने निकायलाई नेतृत्व दिएकोमा मञ्चले सरकारलाई धन्यवाद पनि दिएको छ ।

    Press Manch Nepal.jpg

    त्यसैगरी मञ्चले विपक्षी गठबन्धनको संयुक्त विज्ञप्तिमा अवैध रुपमा हस्ताक्षर गर्ने अध्यक्ष केशव अर्याललाई काउन्टर पनि दिएको छ । 'केही समयअघि ५ वटा संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको भनिएको प्रेस विज्ञप्तिमाथि प्रेस मञ्च नेपालको ध्यानाकर्षण भएको छ ।

    उक्त विज्ञप्तिमा संगठनका अध्यक्ष केशब अर्यालको हस्ताक्षर देख्दा हामी आश्चार्य चकित बनेका छौं,' विज्ञप्तिमा भनिएको छ, 'त्यसैले देशभरीका संगठनमा आवद्ध सदस्यहरुका प्रतिनिधिहरुको अनुमतिमा त्यो हस्ताक्षर प्रेस मञ्च नेपालको आधिकारी नभएको स्पष्ट पार्न चाहन्छु ।' 

    मञ्चले संगठनमा कुनै छलफल नै नगरी भएको उक्त हस्ताक्षर तत्काल फिर्ता लिन अध्यक्ष अर्याललाई आग्रह समेत गरेको छ ।

    जेठ २५, २०७८ मंगलवार १०:१७:५५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana