Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

‘डबल ब्ल्याक’ लेबलको चुस्कीमा मातेर अध्यक्ष बस्नेतविरुद्ध माओवादी पत्रकारको चुरिफुरी, युनियनको विरोध

‘डबल ब्ल्याक’ लेबलको चुस्कीमा मातेर अध्यक्ष बस्नेतविरुद्ध माओवादी पत्रकारको चुरिफुरी, युनियनको विरोध

नेपालपाना जेठ २५ २०७८
  • 6.1K
    SHARES
  • ‘डबल ब्ल्याक’ लेबलको चुस्कीमा मातेर अध्यक्ष बस्नेतविरुद्ध माओवादी पत्रकारको चुरिफुरी, युनियनको विरोध

    काठमाडौं । सबै सञ्चारकर्मीको साझा संस्था नेपाल पत्रकार महासंघ नेकपा माओवादी केन्द्रको भातृ संगठन बन्न पुगेको छ । लोकतान्त्रिक पृष्ठभूमिका प्रेस युनियनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई वाइपास गरेर माओवादी निकट प्रेस सेन्टरबाट निर्वाचित पत्रकारले सिंगो संस्थालाई नै माओवादीमय बनाएका छन् । पत्रकार महासंघका हरेक क्रियाकलापमा माओवादी पक्षधर हावी हुँदै आएको गुनासो प्रेस युनियन पक्षधरले गर्न थालेका छन् । प्रेस युनियनका तर्फबाट विजयी अध्यक्ष विपुल पोखरेलले चासो नराख्दा हार्डकोर माओवादी भनेर चिनिने रोशन पुरीले महासंघमा मनलाग्दी काम गर्दै आएका हुन् ।

    महासंघले गर्ने सिफारिस, सुविधाका विषय र चाल्ने कदममा समेत प्रचण्डको निर्देशनमा पुरी सक्रिय भएको गुनासो युनियनका नेताहरुले गर्न थालेका छन् । 

    पछिल्लो समय प्रेस काउन्सिल, नेपालमा भएका नियुक्तिका विरोधमा समेत पुरीले अध्यक्ष विपुललाई भाउ नै नदिई अन्य संगठनका नेताहरुलाई धम्क्याएर विज्ञप्ति निकाल्न लगाएको विषय अहिले चर्चामा छ । सरकारले काउन्सिल अध्यक्षमा पत्रकार एवं अधिवक्ता बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । आफूसँग पराजित भएका उम्मेदवारलाई काउन्सिलको उच्च पदमा पुर्याएको भन्दै माओवादीका पुरीले अन्य संगठनका नेताहरुलाई गुमराहमा राखेर विरोध जनाउन लागेको युनियनका एक नेताले बताए । 

    बस्नेतको नियुक्तिको विरोध गर्न पुरीले नै नक्सालस्थित एक रेष्टुरेण्टमा विपक्षी ५ गठबन्धन आवद्ध पत्रकार नेताहरु बोलाएका थिए । डबल ब्याक लेभलको चुस्की सहित ककटेल डिनर आयोजना गरेर पुरीले आफूले मस्यौदा गरेर ल्याएको विरोधपत्र सुनाएका थिए । तर युनियनका अध्यक्ष बदी सिग्देल, प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले सरकारले योग्यता पुगेको, सक्रिय पत्रकारलाई नियुक्ति गरेकाले व्यक्तिगत विरोधमा नउत्रने सुझाव राखेका थिए ।

    पुरीले ल्याएका विरोधपत्रमा राखिएका भाषा सिग्देलसहितले काटेपछि भने राजनीतिक तवरमा विरोध मात्र भएको सहभागी एक नेताले जानकारी दिए । व्यक्तिगत स्वार्थ, लाञ्छनासहित पुरीले बनाएको मस्यौदालाई अरु त अरु उनकै संगठन प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले असहमति जनाएपछि नयाँ विज्ञप्ति तयार भएको ती नेताले जनाए । दाहालको उक्त असहमतिपछि पुरी अन्य तवरले झमेला गर्न सकिन्छ कि भन्दै आफ्नो समूहमा छलफल चलाइरहेको बुझिएको छ ।

    जेठ २५, २०७८ मंगलवार १७:२१:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पत्रकार
  • # प्रेस काउन्सिल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana