Logo

आइतवार, श्रावण १० गते २०७८

खोपमा चीनले यसरी ठग्न खोज्यो नेपाललाई, निर्वतमान स्वास्थ्यमन्त्री त्रिपाठीले गरे खुलासा

खोपमा चीनले यसरी ठग्न खोज्यो नेपाललाई, निर्वतमान स्वास्थ्यमन्त्री त्रिपाठीले गरे खुलासा

नेपालपाना जेठ २५ २०७८
  • 4.1K
    SHARES
  • खोपमा चीनले यसरी ठग्न खोज्यो नेपाललाई, निर्वतमान स्वास्थ्यमन्त्री त्रिपाठीले गरे खुलासा

    काठमाडौं । बाहिर हेर्दा चीनले नेपाललाई अनुदानमा कोरोना खोप दिएको देखिएको छ । अनुदानमा खोप दिएर एकखालको पोजेटिभ इम्प्रेसन पार्न खोजेको छ । तर त्यहीँ अनुदानको बलमा नेपाललाई ठग्ने दाउ भने आमजनलाई सायदै थाहा होला । यसको पर्दाफास निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले गरेका छन् । 

    चीनसँग २० लाख डोप खोप किन्न खोज्दा शर्त राखेर असहयोग गरेको त्रिपाठीले खुलासा गरे । नेपाल महामारीको कठिन परिस्थितिमा रहेका बेला चीनले शर्त राखेर अल्झाएको गुनासो त्रिपाठीको छ । पहिलो त चीनले खोपको मूल्यमा अल्झायो । भारतले ४ डलरमा एउटा खोप नेपाललाई बेचेका बेला चीनले भने मूल्य नै खुलाएन् । मूल्य नखुलाउँदा अपारदर्शी हुने र यसले मन्त्रीलाई अख्तियार लगाएर भ्रष्टाचार मुद्दामा मुछ्ने नेपाली चलनका बिच त्रिपाठीले मूल्य सार्वजनिक नभएपछि नेपाल सरकारको नीति अनुसार ल्याउन सकेनन् । जसले खोप खरिद प्रक्रियामा अबरोध पुगेको उनको भनाइ छ । 

    नेपालले चीनबाट एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको स्मरण गर्दै त्रिपाठीले चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गर्ने प्रस्ताव गरेर आफ्नो डाटा कसैसँग सेयर गर्न नपाइने शर्त राखेको बताए । जो नेपालको सार्वजनिक खरीद ऐन र अन्य कानुनको विरुद्ध भएको त्रिपाठीले बताए । मूल्य नखुलाउँदा ढिलाई भएको र यसको पछाडिको कारण चिनियाँबाट अझै पाउन नसकेको बताए । स्वास्थ्य मन्त्रालयका अधिकारीले भने यसमा नेपालालाई ठग्ने चिनियाँ स्वार्थ लुकेको बताउँछन् ।

    जेठ २५, २०७८ मंगलवार १७:३१:२१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana