Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

रघुवीर महासेठले भारत सरकारलाई गरे खोप उपलब्ध गराउन आग्रह

रघुवीर महासेठले भारत सरकारलाई गरे खोप उपलब्ध गराउन आग्रह

नेपालपाना जेठ २६ २०७८
  • 4.4K
    SHARES
  • रघुवीर महासेठले भारत सरकारलाई गरे खोप उपलब्ध गराउन आग्रह

    काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिने बिषयमा आग्रह गरेका छन् ।

    बुधबार नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले खोप ल्याउनका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।

    भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । 

    परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भेटघाटको क्रममा खोप आपूर्तिसहित विभिन्न आपसी हितबारे छलफल भएको थियो ।

    जेठ २६, २०७८ बुधवार १९:०३:५७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana