Logo

आइतवार, मंसिर १८ गते २०७९

नेपाली सेनालाई भारतको सहयोग, दियो एम्बुलेन्सदेखि भेन्टिलेटरसम्म

नेपाली सेनालाई भारतको सहयोग, दियो एम्बुलेन्सदेखि भेन्टिलेटरसम्म

नेपालपाना जेठ २८ २०७८
  • 6.9K
    SHARES
  • नेपाली सेनालाई भारतको सहयोग, दियो एम्बुलेन्सदेखि भेन्टिलेटरसम्म

    काठमाडौं । भारतले नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। 

    भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे । 

    भारतीय दूतावासका अनुसार राजदूत क्वात्राले एम्बुलेन्स र भेन्टिलेटर लगायतका मेडिकल उपकरणहरु हस्तान्तरण गरेका हुन् । 

    कोभिडविरुद्धको लडाईमा नेपाल र भारत संयुक्त रुपमा काम गरिरहेको दूतावासले स्मरण पनि गराएको छ ।

    जेठ २८, २०७८ शुक्रवार १५:५४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # सेना
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend