Logo

आइतवार, मंसिर १२ गते २०७८

images

मन्त्रिमण्डल हेरफेरको तयारीमा भारतीय प्रधानमन्त्री मोदी

मन्त्रिमण्डल हेरफेरको तयारीमा भारतीय प्रधानमन्त्री मोदी

नेपालपाना जेठ २९ २०७८
  • 3.6K
    SHARES
  • मन्त्रिमण्डल हेरफेरको तयारीमा भारतीय प्रधानमन्त्री मोदी

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । शुक्रबार गृहमन्त्री अमित शाह र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग बैठक गरेपछि यसको चर्चा चलेको हो ।

    स्रोतका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही दिनदेखि अलग–अलग समूहहरूसँग आफ्ना मन्त्रीहरु राखेर बैठक गरिसकेका छन् । 

    अहिले भारतका धेरै मन्त्रीहरुले एकभन्दा धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । 

    रेलमन्त्री पीयूष गोयलले वाणिज्य, रेल मन्त्रालयसँगै उपभोक्ता मन्त्रालय पनि सम्हालिरहेका छन् । 
    सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावन्डेकरले पर्यावरणसँगै उद्योग मन्त्रालय पनि सम्हालेका छन् । 

    कृषी, पञ्चायती राज, ग्रामिण विकास मन्त्री नरेन्द्र सिंह तोमरले खाद्य प्रसंस्करण मन्त्रालय पनि सम्हालिरहेका छन् । 

    किरेन रिजिजूले आयुष मन्त्रालयका अतिरिक्त खेल तथा युवा मन्त्रालय पनि सम्हालिरहेका छन् । अब, नयाँ मन्त्रिमण्डल गठन हुँदा कोको मन्त्री बन्छन् भन्ने थाहा हुन बाँकी छ ।

    जेठ २९, २०७८ शनिवार २०:०३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # माेदी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana