Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

पाकिस्तान सरकारले प्रतिबन्धित दलसँग सहमति गर्नु गलत रहेको बिश्लेषण

पाकिस्तान सरकारले प्रतिबन्धित दलसँग सहमति गर्नु गलत रहेको बिश्लेषण

नेपालपाना जेठ ३० २०७८
  • 4.4K
    SHARES
  • पाकिस्तान सरकारले प्रतिबन्धित दलसँग सहमति गर्नु गलत रहेको बिश्लेषण

    इस्लामाबाद । पाकिस्तान सरकारले प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दल तेहरिक ए लब्बाइक पाकिस्तान (टीएल्पी) सँग सहमति गरी गलत निर्णय लिएको बिश्लेषण भएको छ ।

    पाकिस्तानमा सरकारले प्रतिबन्धित दक्षिणपन्थी इस्लामिक दलसँग सहमति गरी अनावश्यक महत्व दिएको समचारपत्र डनले सम्पादकीयमा बिश्लेषण गरेको छ । यो सहमति ले सरकारको गलत निर्णय र कमजोर व्याबस्थापन दर्शाएको सम्पादकीयमा टिप्पणी गरिएको छ ।  टीएल्पी दललाई उचित तरिकाले व्याबस्थापन गर्न सकिने विकल्प हुँदा हुँदै सरकारले गलत निर्णय लिएको बिश्लेषण गरिएको छ ।

    सरकारले अवस्था नियन्त्रणमा लिन खोज्दा आफैँमाथि चुनौति थपेको बिश्लेषण भएको छ । फ्रान्सेली राजदूत हटाउने टीएल्पीको प्रस्ताब राष्ट्रिय सभामा लैजान सरकारले सहमति गरेको छ ।

    टीएल्पीको प्रस्ताबमाथि सरकारले सहमति गरेको पाकिस्तान आन्तरिक मामिलामन्त्री शेख राशीदले बताए । सरकारसँग सम्झौतापछि पञ्जाब प्रहरीले सात सय ३४ जना टीएल्पी दलका कार्यकर्ता तथा समर्थकहरुलाई रिहा गरेको छ । पञ्जाब प्रहरीले विभिन्न अभियोगमा टीएल्पीका पाँच हजार पाँच सय सदस्यहरु पक्राउ गरेको थियो ।

    दक्षिणपन्थी इस्लामिक दल टीएल्पीलाई कट्टर मुस्लिम धर्मवादीहरुले  समर्थन गर्दै आएका छन् । पछिलो समय  सरकारले फ्रान्सेली राजदूत नहटाए देशभर आन्दोलन गर्ने टीएल्पीले चेतावनी दिएको थियो । लाहोर शहरमा टीएल्पी कार्यकर्ता र पञ्जाब प्रहरीबीच ठुलो झडप समेत भएको थियो । 

    जेठ ३०, २०७८ आइतवार ०८:०३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana