Logo

शनिवार, मंसिर १८ गते २०७८

images

मुख्यमन्त्री भएकै भोलिपल्टै विपक्षी गठबन्धनले गरयो ढुकुटी रित्याउने निर्णय, विरोध सुरु

मुख्यमन्त्री भएकै भोलिपल्टै विपक्षी गठबन्धनले गरयो ढुकुटी रित्याउने निर्णय, विरोध सुरु

नेपालपाना जेठ ३० २०७८
  • 15.5K
    SHARES
  • मुख्यमन्त्री भएकै भोलिपल्टै विपक्षी गठबन्धनले गरयो ढुकुटी रित्याउने निर्णय, विरोध सुरु

    गण्डकी । विपक्षी गठबन्धनका तर्फबाट शनिवार मुख्यमन्त्री भएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको गण्डकी सरकारले राज्यको ढुकुटी रित्याउने निर्णय गरेको छ । 

    जनतालाई खोप र अक्सिजन र औषधोपचार नपाएर मरिरहेका बेला यसमा पहलकदमी लिने निर्णय गर्नु छाडेर पहिलो दिन नै राज्यकोषको ढाड सेक्न सुरुवात गरेको हो । 

    हो गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेर यस्तो सुरुवात गरेको हो ।  

    शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आइतवार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

    बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।

    जेठ ३०, २०७८ आइतवार १५:१८:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana