Logo

शनिवार, मंसिर १८ गते २०७८

images

बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह

बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह

नेपालपाना जेठ ३० २०७८
  • 3.3K
    SHARES
  • बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन आग्रह

    कास्की। नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारको आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । 

    नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको नेतृत्वमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाइ तथा शुभकामना दिन पुगेको प्रतिनिधिमण्डलले कोरोना महामारीका कारण जनता समस्यामा परेको भन्दै खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

    भेटघाटमा पार्टीका पदाधिकारी तथा क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रतिनिधिमण्डलले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदरलगायत क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेको छ । 

    जेठ ३०, २०७८ आइतवार २१:०६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana