Logo

शुक्रवार, मंसिर १६ गते २०७९

उपेन्द्र यादव र बाबुराम भट्टराई निर्वाचन आयोगविरुद्ध अदालत जाने

उपेन्द्र यादव र बाबुराम भट्टराई निर्वाचन आयोगविरुद्ध अदालत जाने

नेपालपाना जेठ ३१ २०७८
  • 13.0K
    SHARES
  • उपेन्द्र यादव र बाबुराम भट्टराई निर्वाचन आयोगविरुद्ध अदालत जाने

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समुह निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ ।

    यो समुहको आज बसेको बैठकले कानुनी लडाँई गर्ने निर्णय गरेको हो । आइतबार आयोगको बैठकले जसपाका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्को पक्षलाई गरेको कारबाही कानुनसम्मत नभएको निर्णय दिएको थियो।

    निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको बताउँदै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको थियो।

    जेठ ३१, २०७८ सोमवार २०:२५:२१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend