काठमाडौं । नेपालमा भारतविरोधी कुरा छिट्टै प्रचार हुन्छ । भारतविरोधी राष्ट्रवाद चर्को छ । अन्धराष्ट्रवादले कहिलेकाहीँ सकारात्मक कुरा पनि शंकाको नजरबाट हेरिने गरेको छ । राम्रो कुरालाई भारत भएकै कारणले नराम्रो भन्ने गरिएको छ । यसमा सोझा नेपाली भन्दा पनि विभिन्न विदेशी देशका नेपाली दलालहरु सक्रिय हुन्छ ।
अहिले भारत सरकारले नेपाली महिलाहरूका लागि भारतीय सेनामा भर्ती हुन पाउने व्यवस्था गरेको छ । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गरेर नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिँदै आवेदन आह्वान समेत गरेको छ । भारतले पहिलो पटक बेरोजगार र काबिल नेपाली महिलालाई आफ्नो सुरक्षा फौजमा समावेश गर्न लागेको हो ।
यस्तो बेला उत्तरी छिमेकी चीन र इयुका नेपाली दलालहरु सक्रिय भएका यसको विरोधमा । जसरी एमसीसीविरुद्ध एकदमै नकारात्मक र नभएको कुरा प्रचार गरेर विवादमा तानियो त्यसैगरी भारतीय सेनामा नेपाली महिला लाने कुराको पनि विरोध सुरु भएको छ । यसअघि पुरुषमात्रै जाने गरेकोमा अब महिलाहरु पनि जान पाउँदा विभिन्न देशका दलाल तथा अभियन्ताले गलत अर्थले टिप्पणी गर्दै भाड्न खोजेका छन् ।
तिमध्येका एक हुन फणिन्द्र नेपाल । जो आफूलाई ग्रेटर नेपाल अभियानको अगुवा ठान्छन् । चीन नजिक मानिने नेपालले भारतीय सेनामा नेपाली महिलाले अवसर पाउनुमा दुराशयपूर्ण देख्छन् । नेपालले नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नियतले नभएको र यो यौन शोषण र मनोरञ्जनका लागि मात्र भएको तर्क गरेका छन् । जबकी सेनामा नेपाली महिलामात्रै हुनेछैनन् । भारतीय महिला पनि छन् । सहकर्मी नेपाली पुरुष पनि छन् । सेनाभित्र पारदर्शी र माधवअधिकारको पूर्ण ग्यारेन्टी गरिएको छ । यो त एउटा पाटो भयो । अर्कोतिर हेर्ने हो फणिन्द्र नेपालमा अझै पनि पितृसतात्मक सोचबाट ग्रस्त भएको देख्न सकिन्छ । महिला सिपाहीलाई मनोरञ्जन र यौनसँग जोड्ने उनको मनोदशा माओवादी जनयुद्धताकाकै छ ।
अहिलेको प्रविधिको दुनियाँमा यौन शोषण र मनोरञ्जन लुकाएर लुक्ने कुरा होइन । त्यो पनि सेनाभित्र यो कल्पना गर्नु भनेको बाहियात छ । फणिन्द्र नेपालले या त विरोधका लागि विरोध गरे वा उनी अझै पितृ सतात्मक सोचबाट अझै बाहिरिन सकेका छैनन् ।
अगुवा नेपालले नेपाली महिलाले पुरुषजस्तो युद्ध लड्न पनि नसक्ने र त्यो अवस्था पनि नरहेको भन्दै आफ्नो नजरियामै विभेद पनि देखाएका छन् । खाली नेपाली महिलालाई यौन साधनका रुपमा देखे । जुन उनको स्वार्थप्रेरित मानसिकताको उपज हो ।
यसबारे नेपाल सरकारसँग कुरा भएरै भारतले आवेदन खोलेको होला । महिला होस् वा पुरुष नेपाली नागरिकको माधव अधिकारको सुरक्षा, फौजमा समान व्यवहारको जिम्मा त भारतले सरकारले पक्कै लिएको छ । यस्तोमा अनावश्यक आशंका गरेर, राम्रो कुरालाई पनि आफ्नो स्वार्थका लागि गलत प्रचार गरेर विवादमा ल्याउनु गलत छ ।