Logo

आइतवार, श्रावण १० गते २०७८

उपचारका लागि दिल्ली जानुअघि झलनाथ खनालले ओलीलाई पठाए मनछुने सन्देश

उपचारका लागि दिल्ली जानुअघि झलनाथ खनालले ओलीलाई पठाए मनछुने सन्देश

नेपालपाना आषाढ २ २०७८
  • 2.2K
    SHARES
  • उपचारका लागि दिल्ली जानुअघि झलनाथ खनालले ओलीलाई पठाए मनछुने सन्देश

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो । 

    उनका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए । 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो ।

    दिल्ली जानुअघि झलनाथले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई सन्देश पठाएका छन् । झलनाथको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीले पार्टीका महासचिव ईश्वर पोखरेललाई पठाएका थिए । 

    भेटमा पूर्वप्रधानमन्त्री खनाले महासचिव पोखरेलमार्फत ओलीलाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर सन्देश पठाएका हुन् । 

    शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भनेका थिए ।

    आषाढ २, २०७८ बुधवार १३:५४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana