Logo

आइतवार, श्रावण १० गते २०७८

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका पर्यटनमन्त्री अरगरियालाई भव्य स्वागत

स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका पर्यटनमन्त्री अरगरियालाई भव्य स्वागत

नेपालपाना आषाढ २ २०७८
  • 4.2K
    SHARES
  • स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगेका पर्यटनमन्त्री अरगरियालाई भव्य स्वागत

    जनकपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत भएको छ । 

    मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा नेता कार्यकर्ता र जनताले भव्य स्वागत गरेका हुन् । 

    जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका मन्त्री अरगरिया गृहजिल्ला ओर्लिँदा स्वास्थ्य सामग्री लिएर आएका छन् । उनको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी छन् । आज मन्त्री आउँदा उनीहरु स्वागतमा आएका हुन् । 

    मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु उपलब्ध गराउँदै छन् । भोलि विहीवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    आषाढ २, २०७८ बुधवार १४:०१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उमाशंकर अरगरिया

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana