Logo

आइतवार, श्रावण १० गते २०७८

विकासको सुचांकमा पाकिस्तान पछि परेको रिपोर्ट

विकासको सुचांकमा पाकिस्तान पछि परेको रिपोर्ट

नेपालपाना आषाढ २ २०७८
  • 1.8K
    SHARES
  • विकासको सुचांकमा पाकिस्तान पछि परेको रिपोर्ट

    इस्लामाबाद । इकोनोमिस्ट इन्टेलीजेन्स यूनिट (इआईयू) को रिपोर्ट अनुसार पाकिस्तान गरिब मुलुकको सुचीमा रहेको छ । 

    इआईयूको सन् २०२१ सुचांक अनुसार पाकिस्तान गरिब मुलुकहरुमध्ये एक रहेको छ । इआईयूले एक सय बीस वटा मुलुकहरुको सर्वेक्षण गर्दा पाकिस्तान ९० औँ स्थानमा रहेको देखाएको छ । यो सबैभन्दा गरिब मुलुक भन्दा थोरै माथि अर्थात गरिब मुलुकमध्येमै सुचीकृत भएको जनाईएको छ ।

    वर्तमान समयमा मुलुकको विकास र समृद्धि डिजिटल तथा इन्टरनेट पहुँचमा भर पर्ने बताइएको छ । पाकिस्तानमा डिजिटल साक्षरतरतामा कमी र लैंगिक विभेद जस्ता मुख्य कारणले मुलुक पूर्ण रुपमा डिजिटल हुन नसकेको बताइएको छ । यधपी पाकिस्तानमा करिब ४२ दशमलब २ प्रतिशत मानिसहरुले इन्टरनेटमा पहुँच राख्दै आएका छन् ।

    वर्तमान समयमा नागरिकहरु इन्टरनेट सेवाबाट वञ्चित भएको अवस्थामा कुनै पनि मुलुकले विकास र समृद्धिको कल्पना गर्न सक्दैन । यो विकसित मुलुकहरुले प्रमाणित गरिसकेका छन् । विकास र समृद्धि का लागि सरकारले डिजिटल क्षेत्रमा प्रतिगामी नीतिहरु रोक्नुपर्ने र डिजिटल क्षेत्रलाई बिस्तार गर्नुपर्ने बिश्लेषण गरिएको छ । स्रोत द नेसन

    आषाढ २, २०७८ बुधवार १५:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana