Logo

आइतवार, श्रावण १० गते २०७८

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन !

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन !

नेपालपाना आषाढ २ २०७८
  • 4.5K
    SHARES
  • छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन !

    काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा 
    निर्देशन दिएकी छन । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिएकी हुन। 

    मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउदा आबश्यक फाइल मात्र पठाउन निर्देशन दिइन् । उनले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नु पर्ने बताइन । तीन बर्ष सम्म नविकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिइन । 

    उनले परिषद्लाई काम गर्न सहज बताबरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताइन ।  

    कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरि प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन गरिन । 

    उहाँले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताइन् । 

    मन्त्री चौधरीले आजै परिषदको अध्यक्षको पदभार ग्रहण गरिन ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने ब्यबस्था रहेको छ । 

    सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गरेका थिए । 

    परिषद अन्तर्गत करिब ५२ हजार रास्ट्रीय सामाजिक संस्था आबद्ध रहेका छन भने  करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छन । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषदले जनाएका छन । 

    परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नविकरण संगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएका छन ।

    आषाढ २, २०७८ बुधवार १८:२०:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चन्दा चौधरी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana