Logo

आइतवार, मंसिर १८ गते २०७९

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

नेपालपाना आषाढ २ २०७८
  • 8.8K
    SHARES
  • विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

    काठमाडौँ। नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।

     मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई नजीक सुरक्षित स्थानमा पु¥याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले उद्धार र सहयोग गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

    उनले भने, ‘सिन्धुपाल्चोकमा  बाढीपहिरोमा परी अलपत्र परेका चार जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । बाढीबाट अप्ठेरोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माणका लागि पनि सङ्गठनले सहयोग गरिरहेको छ ।’  भीषण र लगातारको वर्षापछि खसेको पहिराले मेलम्ची खोला थुनिएर गएको बाढीले खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । त्यस क्षेत्रका कयौं  घरगोठ, पशुचौपाया बगाएको तथा माटासहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमीन पुरेको छ ।


    प्रभावित क्षेत्रका जनतालाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ । नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

    सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लामा रहेका आफ्ना एकाइलाई तत्तत् स्थानमा रहेको जनशक्तिको एक तिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यका लागि खटिने सिलसिलामा तैनाथ अवस्थामा रहन निर्देशन दिएको छ । विपद् व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वतः परिचालन हुने गरी पूर्वनिर्देशन भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

    आषाढ २, २०७८ बुधवार १८:४२:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend