Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

महेश बस्नेतको पहलमा लाखौको राहत सामग्री बोकेर युवा संघको टोली मेलम्चीमा

महेश बस्नेतको पहलमा लाखौको राहत सामग्री बोकेर युवा संघको टोली मेलम्चीमा

नेपालपाना आषाढ ३ २०७८
  • 6.5K
    SHARES
  • महेश बस्नेतको पहलमा लाखौको राहत सामग्री बोकेर युवा संघको टोली मेलम्चीमा

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को युवा भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोली २० लाखको राहत सामग्रीसहित सिन्धुपाल्चोकको मेलम्चीलगायतका बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । 

    दुई दिनअघि बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको मेलम्चीको लागि संघको टोलीले राहत सामाग्री, विभिन्न स्वास्थ्य सामाग्री तथा बन्दोवस्तीका सामाग्रीहरु सहित अहिले मेलम्ची, हेलम्बु तर्फ गएको छ । 

    उक्त टोलीलाई एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले संघको टोलीलाई विदाई गरे । बस्नेतको विशेष पहलमा भक्तपुरबाट रु पाँच लाखको सामाग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरुबाट संकलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोवस्तीका सामाग्रीहरु लिएर संघको टोली मेलम्ची तर्फ गएको हो । 

    भक्तपुरबाट संकलित उक्त सामाग्रीहरु संघका संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लबन्जर,सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, असोक चौलागाई, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

    भक्तपुरमा रहेका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकम सहित संघको जिल्ला कमिटीले करिव रु पाँच लाख वरावरको सामाग्रीहरु संघका इन्चार्ज वस्नेतद्वारा संघका अध्यक्ष पौडेललाई संघको केन्द्र्रीय कार्यालय नयाँ बानेश्वरमा हस्तान्तरण गरिएको छ । संघको केन्द्रीय निर्देशन अनुसार भक्तपुरले आफ्नो जिम्मेवारी पूरा गरेको हो ।

    जनताको दुःखको सारथीको रुपमा विगतदेखी नै स्थापीत भएको संघले सिन्धपाल्चोकवासीको पिडालाई मलम लगाउने उद्देश्यका साथ संघका अध्यक्ष पौडेलेसहित पदाधिकारीको नेतृत्वमा हाल राहत, स्वास्थ्य सामाग्रीलगायतका कुराहरुको व्यवस्थापन भइरहेको छ ।

    आषाढ ३, २०७८ बिहिवार १८:३०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana