Logo

शनिवार, मंसिर १८ गते २०७८

images

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको भोलि भाग्य जाँच हुँदै, के हाेला भविष्य ?

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको भोलि भाग्य जाँच हुँदै, के हाेला भविष्य ?

नेपालपाना आषाढ ३ २०७८
  • 4.6K
    SHARES
  • गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको भोलि भाग्य जाँच हुँदै, के हाेला भविष्य ?

    काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते अर्थात भोली विश्वासको मत लिने भएका छन् ।

    नेपाली कांग्रेसका नेता समेत रहेका उनले मंगलबार नै संसद सचिवालयमा यसका लागि प्रस्ताव दर्ता गराइसकेका छन् ।

    संविधानतः विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।

    मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको हो ।

    सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र बिस्तार गर्ने मुख्यमन्त्री पोखरेलको तयारी छ ।

    आषाढ ३, २०७८ बिहिवार १८:५५:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana