Logo

शुक्रवार, मंसिर १६ गते २०७९

बेरोजगार बाबुरामले गरे कांग्रेस र देउवा सिध्याउने प्रस्ताव

बेरोजगार बाबुरामले गरे कांग्रेस र देउवा सिध्याउने प्रस्ताव

नेपालपाना आषाढ ६ २०७८
  • 21.0K
    SHARES
  • बेरोजगार बाबुरामले गरे कांग्रेस र देउवा सिध्याउने प्रस्ताव

    काठमाडौं । राजनीतिक चलखेलमा असफलता भोगेर फुर्सदमा रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा दिनहुँ केही न केही लेखेर स्टन्ट गरिरहन्छ ।

    केही दिनअघि उनले आफूले डरलाग्दो सूचना पाएको भनेर मार्केटमा हंगामा पिटे । मिडिया सर्कललाई आफू वरिपरि घुमाए । उनको स्टन्टको सिलासिला रोकिएको छैन । आज आएर बाबुराम इतिहास बोकेको कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवालाई सिध्याउनेगरी प्रस्ताव अघि सारेका छन् ।

    अहिले सत्ताका लागि देउवासँग गठबन्धन गरेर प्रधानमन्त्री केपी शर्मा विरुद्ध हात धोएर लागेका बाबुराम देउवालाई नै सिध्याउने खालको प्रस्ताव अघि सारेका छन् । हुन त कांग्रेसभित्रै पनि देउवालाई यता न उताको बनाएर सिध्याउने रणनीतिमा रामचन्द्र पौडेल समूह लागिरहेको छ । कहिले सत्ताको पहल गरेन भनेर उकास्ने त कहिले सत्तामा ध्यान नदेउ पार्टी महाधिवेशनमा देउ भनेर जसरी पनि अपजस गराउने काम पौडेल समूहबाट भइरहेका बेला त्यसलाई बल पुग्नेगरी बाबुराम बोलेका छन् । 

    उनले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताउँदै पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन् । यदि बाबुरामले भनेअनुसार नयाँ पार्टी बनाउने हो भने कांग्रेस र देउवाको अस्तित्व समाप्त हुनेछ । 

    ‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’ उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन्।

    आषाढ ६, २०७८ आइतवार १४:२८:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend