Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

चीनले प्रदुषणबारे तथ्यांक लुकाएको आरोप

चीनले प्रदुषणबारे तथ्यांक लुकाएको आरोप

नेपालपाना आषाढ ७ २०७८
  • 5.3K
    SHARES
  • चीनले प्रदुषणबारे तथ्यांक लुकाएको आरोप

    वासिंवगटन । चीनले प्रदुषणको मात्रा लुकाउने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    चीनमा स्थानीय अधिकारीहरुले प्रदुषणको सहि मात्रा लुकाएको हुन सक्ने हावार्ड र बोस्टन विश्वविधालयका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

    चीनका पाँच शहरहरु बेइजिङ सेन्याङ, सांघाई, गन्जाउ र चेंग्दू मा स्थानीय अधिकारीहरुले प्रदुषणबारे संकलन गरेको तथ्यांक अमेरिकी किायले गरेको तथ्यांक भन्दा फरक पाइएको अध्ययनले देखाएको छ ।

    चीनमा फोक्सो क्यान्सर, दम र मुटु रोगलाई असर पार्ने पीएम २ दशमलब ५ जस्ता कण भेटिएको हावर्ड विश्वविधालयका जेसि टुरिएल र बोस्टन विश्वविधालयका रोबर्ट कोफम्यान अनुसन्धानकर्ताहरुले बताए ।

    चिनियाँ र अमेरिकी निकायले सन् २०१५ जनवरि देखि २०१७ जुन सम्म गरेको अध्ययनमा यो कण देखिएको अनुसन्धानकर्ताहरुले बताए । यधपी यो कण र प्रदुषणको मात्रामा दुई अध्ययनहरुमा भिन्नता पाएको अनुसन्धानकर्ताहरुले बताएका छन् । चिनियाँ अधिकारीहरुले प्रदुषणको मात्रा कम देखाएको अनुसन्धानमा देखिएको बताइएको छ ।

    विश्वमा सबैभन्दा धेरै कार्बन चीनमा उत्पादन हुने गर्दछ । 

    आषाढ ७, २०७८ सोमवार ०७:५४:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend