अलजजिरा । कोभिड १९ माहामारीको समयमा पनि केही मुलुकहरुमा मृत्युदण्डको कारबाही जारीरहेको एक रिपोर्टले जनाएको छ ।
मानव अधिकारबारे अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले कोरोना माहामारीको समयमा पनि चीन लगायत विभिन्न १८ मुलुकहरुमा मृत्युदण्डको कारबाही नरोकिएको बताएको छ ।
एम्नेस्टी इन्टरनेसनलले गत बर्ष सन् २०२० मा भएका मृत्युदण्डको कारबाहीबारे रिपोर्ट सार्वजनिक गरेको हो । गत बर्ष सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुक चीन रहेको छ ।
कोरोना माहामारी समाधानका लागि विश्व लागिपरेको बेला केही मुलुकहरुले भने मृत्युदण्डको कारबाही नरोकेको एम्नेस्टी इन्टरनेसनलका महासचिव एजिन क्यालामर्डले टिप्पणी गरे ।
मृत्युदण्ड आफैमा घिनलाग्दो कार्य रहेको र माहामारीको समयमा यस्तो कारबाही चलाउनु थप क्रुर कार्य रहेको महासचिव क्यालामर्डले बताए ।
दोषीले महामारीको समयमा कानुनी सहायता लिन नपाएको बेला मृत्युदण्डको कारबाही चलाउनु मानव अधिकार बिरोधी भएको उनले टिप्पणी गरे । चीन पछि मध्यपूर्वी मुलुकहरु इरान, इजिप्ट, इराक र साउदी अरबले सबैभन्दा धेरै मृत्युदण्ड दिएको रिपोर्टमा उल्लेख छ ।