Logo

शुक्रवार, मंसिर १६ गते २०७९

नेपाल प्रहरीका १६ डिआईजी र १५ जना एसएसपीको सरुवा, को कहाँ? (हेर्नुस् सूची)

नेपाल प्रहरीका १६ डिआईजी र १५ जना एसएसपीको सरुवा, को कहाँ? (हेर्नुस् सूची)

नेपालपाना आषाढ ७ २०७८
  • 16.2K
    SHARES
  • नेपाल प्रहरीका १६ डिआईजी र १५ जना एसएसपीको सरुवा, को कहाँ? (हेर्नुस् सूची)

    काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) र १५ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । 

    मन्त्रालयको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका डीआइजी अरुण कुमार बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका छन् । बिसीको ठाउँमा बसन्त कुमार पन्त आएका छन् ।

    त्यस्तै, २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) पुगेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयका डिआईजी दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पुगेका छन् ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेश कार्यालयबाट उत्तमराज सुवेदी महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) आइपुगेका छन् । 

    त्यसैगरी, एसएसपीतर्फ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी दीपक थापा २ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयकी एसएसपी मिरा चौधरी १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र पुगेकी छन् ।

    1.webp

    2.webp

    3.webp

    11.webp

    22.webp

    33.webp

    आषाढ ७, २०७८ सोमवार २०:३२:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend