Logo

बुधवार, मंसिर १५ गते २०७८

images

हवाई उडान पनि खुला

हवाई उडान पनि खुला

नेपालपाना आषाढ ८ २०७८
  • 3.7K
    SHARES
  • हवाई उडान पनि खुला

    काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । तर, गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

    बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।

    आषाढ ८, २०७८ मंगलवार १९:२४:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पर्यटन मन्त्री

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana