चीन । बच्चाहरुको खेलाउनका लागि चीनले पानीजस्तो देखिने पदार्थ राखेर गुडिया उत्पादन गर्ने गरेको छ । उक्त गुडियामा पानी भनेर बच्चाहरुलाई खेलाउनका रुपमा दिने गरिन्छ ।
वास्तवमा उक्त गुडियामा पानी नभएर एक उच्च तहको नशालु पदार्थ हुने गरेको खुलासा भएको छ । बच्चाहरुलाई खेलाउनका लागि र रोइरहेको बच्चालाई फकाउनका लागि दिइने यो गुडिया चीनमा निकै प्रचलित रहेको छ ।
हरेक चिनियाँ बच्चाको हातमा अभिभावकले यस्तो गुडिया दिने गरेका छन् ।
हङकङस्थिति चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त गुडियामा उच्च तहको नशालु रसायन हुने गरेको खुलासा भएको हो । उक्त नशालु पदार्थले गम्भीर स्वास्थ्य समस्या गराउनसक्ने अनुसन्धानबाट खुलेको छ ।
उक्त गुडियालाई 'फेक वाटर' अर्थात् 'क्रिस्टल मड' भन्ने गरिन्छ । यो गुडिया चीन, नेपाल, भारतलगायतका मुलुकमा व्यापक बिक्री हुने गरेको छ ।
विभिन्न नौवटा ब्रान्डमा उत्पादन हुने यो गुडियामा प्रतिबन्ध लगाउनुपर्ने मागसमेत भइरहेको छ ।