Logo

आइतवार, मंसिर १८ गते २०७९

कोरोना माहामारीमा जम्मु काश्मीरस्थित अस्पतालहरुमा अक्सिजन जडित शैयाहरुको व्याबस्था

कोरोना माहामारीमा जम्मु काश्मीरस्थित अस्पतालहरुमा अक्सिजन जडित शैयाहरुको व्याबस्था

नेपालपाना आषाढ १४ २०७८
  • 8.4K
    SHARES
  • कोरोना माहामारीमा जम्मु काश्मीरस्थित अस्पतालहरुमा अक्सिजन जडित शैयाहरुको व्याबस्था

    श्रीनगर । कोरोना भाइरस माहामारीको समयमा जम्मु काश्मीरमा अक्सिजन सहितको शैया व्याबस्था गरिएको छ । 

    भारतको जम्मु काश्मीरका विभिन्न अस्पतालहरुमा एक सय पन्ध्र वटा अक्सिजन जडित शैयाहरु व्याबस्था गरिएको हो । एक सय शैयाहरुको क्षमता भएको सोपीयान जिल्ला अस्पतालमा ६० वटा अक्सिजन जडित शैया व्याबस्था गरिएको छ । त्यस्तै टुक्रु, भेहील र पिन्जुरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ५५ वटा उक्त शैयाहरु उपलब्ध गराईएको छ ।

    कोभिड १९ को संकटमा संक्रमितहरुको उपचारका लागि आफुहरु तयारी रहेको सोपीयान जिल्ला अस्पतालका चिकित्सा अधीक्षक डा. इस्मेलले बताएका छन् । अस्पतालको सबै एक सय शैयाहरुमा कोभिड १९ संक्रमित लक्षित शैयाको व्याबस्था गर्न सक्षम रहेको पनि डा. इस्मेलले बताए । 

    आषाढ १४, २०७८ सोमवार १४:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मु काश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend