Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षादेखि जनमत संग्रहसम्म, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षादेखि जनमत संग्रहसम्म, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

नेपालपाना आषाढ १९ २०७८
  • 6.6K
    SHARES
  • महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षादेखि जनमत संग्रहसम्म, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

    काठमाडौं । नेकपा एमालेका युवा इन्चार्ज एवं केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे प्रस्ताव राखेका छन् । जसमा संघीयताको उपादेयताका बारे समीक्षा गर्ने बेला आएको उल्लेख गरेका छन् । प्रदेशमा विकास भन्दा पनि सत्ताका लागि झगडा चलिरहेका बेला, जनताले खारेज हुनुपर्ने माग गरेका बेला यो प्रस्ताव आएको हो । 

    नेता बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने र मुलकको विशिष्ट पहिचानको घोषणा हुनुपर्ने पनि प्रस्तावमा उल्लेख गरेका छन् । 

    त्यसैगरी बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव पनि गरेका छन् । 

    पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव पनि अघि सारेका छन् । त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन् । 

    पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्नेगरी केन्द्रीय कमिटीबाट कार्यदल बनाउनुपर्ने नेता बस्नेतको प्रस्ताव छ । बालुवाटारमा प्रस्तुत यो प्रस्तावले विपक्षी गठबन्धनमा भने हलचल ल्याएको छ ।

    यस्तो छ बस्नेतको प्रस्ताव

    १) संघीयताबारेमा समीक्षा गरौं।

    २) मुलुकको विशिष्ट पहिचान घोषणा गरौं।

    ३) धर्मनिरपेक्षताको बारेमा बहस गरौं।

    ४) शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ।

    ५) दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौं।

    ६) पार्टी अध्यक्ष २ कार्यकाल र पदाधिकारीको ३ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरौं।

    ७) पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौँ।

    ८) पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यो विषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔँ।

    आषाढ १९, २०७८ शनिवार २२:०५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana