Logo

सोमवार, कार्तिक १ गते २०७८

images

प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्ष भएर देउवाकै गुणगान गाउँदै सभामुख सापकोटा

प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्ष भएर देउवाकै गुणगान गाउँदै सभामुख सापकोटा

नेपालपाना आषाढ २० २०७८
  • 5.4K
    SHARES
  • प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्ष भएर देउवाकै गुणगान गाउँदै सभामुख सापकोटा

    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सभामुख पक्षले बहस गर्दैछन् । विपक्षी बनाइए पनि उनीहरु निवेदक शेरबहादुर देउवाको पक्षमै उभिएका छन् । 

    सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस शुक्रवार टुंगिइसकेको छ । सभामुखका तर्फबाट कानुन व्यवसायीले आज दुई घण्टा बहस गर्नेछन् । त्यसपछि रिट निवेदक पक्षले ३ घण्टा जवाफी बहस गर्नेछ । अन्तिममा एमिकस क्युरी (अदालतका सहयोगी) ले २ घण्टा बहस गर्नेछन् । मंगलबारसम्ममा बहस सकिने आकलन गरिएको छ। त्यसपछि अदालतले बदर वा सदर हुने भन्ने निर्णय दिनेछ ।  

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा चलिरहेको मुद्दामा शुक्रबार पनि प्रधानमन्त्रीका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले एकै किसिमका तर्क दोहोर्याएपछि प्रधानन्यायाधीश जबराले नयाँ विषयमा मात्र बोल्न आग्रह गरेका थिए ।  

    पहिलो पटक पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा डेढ महिना लगातार बहस भएको थियो । रिट निवेदक र सरकार पक्षका कानुन व्यवसायीले बहसमा धेरै समय लिने र तर्क दोहोर्याउने गरेका थिए । त्यसकारण यसपटक कानुन व्यवसायीलाई एकमुष्ठ समय तोकेर बहस गर्न सर्वोच्चले आदेश गरेको थियो । 

    यसपटक राष्ट्रपतिको निर्णयमा अदालतले हस्तक्षेप गर्न पाउने/नपाउने र संविधानको धारा ७६ (५) को व्याख्यामा बहस केन्द्रित भएको छ ।

    आषाढ २०, २०७८ आइतवार १३:४३:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana