Logo

शनिवार, आषाढ ११ गते २०७९

images

कोभिड-१९ खोपमार्फत स्वतन्त्रता प्राप्त गर्ने ताइवानको योजना असफल : चीन

कोभिड-१९ खोपमार्फत स्वतन्त्रता प्राप्त गर्ने ताइवानको योजना असफल : चीन

नेपालपाना आषाढ २१ २०७८
  • 7.7K
    SHARES
  • कोभिड-१९ खोपमार्फत स्वतन्त्रता प्राप्त गर्ने ताइवानको योजना असफल : चीन

    बेइजिङ । ताइवानले चिनियाँ खोप आयात गर्ने सम्भावनालाई अस्वीकार गरेपछि खोप आयातका लागि अन्य मुलुकहरुसँग सम्झौता गरिरहेको छ । तर, चीनले भने खोपमार्फत स्वतन्त्रता प्राप्त गर्ने ताइवानको योजना "सफल नहुने" दाबी गरेको छ । 

    जापानले ताइवानलाई खोप उपलब्ध गराउनका लागि एस्ट्राजेनेकासँग वार्ता गरिरहेको छ भन्‍ने रिपोर्टको प्रतिक्रियामा चीनले आफ्नो अधिनमा रहेको ताइवानमा कोरोना भाइरस खोप पठाउन अनुमति लिनुपर्ने जनाएको छ । चीनले ताइवानमा खोप पठाउनका लागि अनुमति नलिएमा समस्या हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । 

    उनले भने, "ताइवानले चीनबाट खोप लिन पाउने च्यानलहरू रोकिएको छैन ।" उनले चेतावनी दिँदै भने, "ताइवानले भ्याक्सिनको माध्यमबाट स्वतन्त्रता प्राप्त गर्ने योजना सफल हुँदैन ।"

    जापानले शुक्रबार आफ्नो कोभिड-१९ खोपहरू अन्य देशहरूसँग बाँडफाँट गर्ने बारेमा विचार गर्नेछ । किनकि सत्तारूढ पार्टी कमिटीले ताइवानलाई एस्ट्राजेनेका पीएलसी भ्याक्सिन स्टकको केही अंश प्रदान गर्न आग्रह गरेको छ ।

    ताइवानले खोप आयातका लागि विभिन्‍न मुलुकहरुसँग वार्ता गरिरहेको भए पनि चीनले भने हस्तक्षेप गरिरहेको छ । ताइवानले खोप आयातका लागि जर्मनीको कम्पनीसँग छलफल गरिरहेको भए पनि चीनले भने कूटनीतिक मर्यादा विपरीत भएको भन्दै स्थगित गराइ दिएको छ । 

    ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध नभएको जापानले निजी कम्पनी र संस्थाको माध्यमबाट यसको खोप उपलब्ध गराउन नपाउने चीनले जनाएको छ । यसैबीच, अमेरिकी सरकारले अमेरिकी खोप उत्पादकहरूलाई ताइवानलाई प्राथमिकता दिन आग्रह गरेको छ । किनभने यो देशको सबैभन्दा खराब प्रकोपको बीचमा कोभिड-१९ विरूद्ध आफ्ना जनतालाई खोप लगाउन खोजेको छ ।

    ताइवानका राष्ट्रपति साइ साईंग-वेनले जापानको प्रस्तावलाई स्वागत गर्दै एक ट्विटर सन्देश पोस्ट गर्दै उनले भनिन् "उनको गहिरो मित्रताको लागि हार्दिक सराहना गर्दछौं ।"

    आषाढ २१, २०७८ सोमवार ०८:५२:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend