Logo

बुधवार, मंसिर १५ गते २०७८

images

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

नेपालपाना आषाढ २३ २०७८
  • 2.8K
    SHARES
  • बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

    एजेन्सी । अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ । 

    न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ ।

    कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गभर्नर क्युमोको कार्यालयका एक अधिकारीले बताउनुभएको छ ।

    गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

    अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै दुई सयभन्दा बढी यस्ता घटना घटेका एफबीआईको रिपोर्टमा उल्लेख छ । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्न बन्दुक आपूर्ति र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणानीति अघि सार्नुभएको थियो । 

    आषाढ २३, २०७८ बुधवार १९:०९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana