Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

सिंगापुरले गर्यो चिनियाँ खोप बहिष्कार, सिनोभ्याक लागाउनेले पाएनन् मान्यता

सिंगापुरले गर्यो चिनियाँ खोप बहिष्कार, सिनोभ्याक लागाउनेले पाएनन् मान्यता

नेपालपाना आषाढ २३ २०७८
  • 7.4K
    SHARES
  • सिंगापुरले गर्यो चिनियाँ खोप बहिष्कार, सिनोभ्याक लागाउनेले पाएनन् मान्यता

    काठमाडौं । सिंगापुरले चिनियाँ खोप सिनोभ्याकलाई मान्यता दिन अस्विकार गरेको छ । सिनोभ्याक खोप लगाएका आफ्ना नागरिकलाई खोप लगाएको सूचीमा समेट्न सिंगापुरले अस्विकार गरेको हो । 

    देशको राष्ट्रिय गणनामा सिनोभ्याक कोरोना खोप लिएकालाई समावेश नगरिएको सिंगापुरको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ताले अमेरिकी मोडर्ना इंक र फाइजर इंक खोपको डोज लिने नागरिकलाई मात्र समग्र खोप लगाउने संख्यामा सूचीकृत गरिने बताए । सिनोभ्याक लिने नागरिकलाई भने फेरि अर्को खोपका लागि मेडिकल्ली उपयुक्त हुनेगरी सामान्य तथ्यांक राखिएको छ । 

    मन्त्रालयका अनुसार ३.६ मिलियन नागरिकले मोडर्ना र फाइजर खोपको डोज पाएका छन् भने करिब १७ हजारले सिनोभ्याक खोप लगाएका छन् । 

    सिंगापुरले सिनोभ्याकलाई आधिकारिक रुपमा मान्यता दिएको छैन । यो किल्निकहरुमा मात्रै उपलब्ध छ । यो खोपको गम्भीर नकारात्मक असर देखिएपछि संसदमा कुरा उठेको छ । मन्त्रालयले जवाफ पठाएको छ । 

    सिंगापुरका नागरिकले फाइजर र मोडर्ना जस्ता एमआरएनए खोप गम्भीर बिरामीहरुका लागि मृत्यु रोक्नेमा बढी प्रभावकारी रहेको महसुस गरेका छन् । सिनोभ्याकजस्तो गैर-एमआरएनए डोज गम्भीर बिरामी वा मृत्यु रोक्नमा सक्षम भए पनि भाइरस फैलिन रोक्नमा कम सक्षम पाइएको मन्त्रालयले जनाएको छ । त्यसैकारण सरकारले मान्यता दिएको छैन ।

    आषाढ २३, २०७८ बुधवार १९:२१:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana