Logo

आइतवार, श्रावण १० गते २०७८

पर्यटन व्यवसायीका लागि खुसीकाे खबर, हुने भयाे अन्तरराष्ट्रिय पर्यटक आगमन !

पर्यटन व्यवसायीका लागि खुसीकाे खबर, हुने भयाे अन्तरराष्ट्रिय पर्यटक आगमन !

नेपालपाना आषाढ २३ २०७८
  • 1.6K
    SHARES
  • पर्यटन व्यवसायीका लागि खुसीकाे खबर, हुने भयाे अन्तरराष्ट्रिय पर्यटक आगमन !

    पर्यटन व्यवसायीका लागि खुसीकाे खबर, हुने भयाे अन्तरराष्ट्रिय पर्यटक आगमन

    काठमाडाैं । विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारीतासँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तरराष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताउनुभएको छ । 

    कोभिड–१९ महामारीका कारण लामो समयदेखि विश्वव्यापीरुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि अपनाउनुपर्ने पर्ने उहाँहरुको धारणा छ ।
           
    नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापीरुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतसँग आज गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा राजदूतले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताउनुभयो । 

    बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
           
    कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडाले छिमेकी मुलुक भारत र चीनबाहेकका मुलुकका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा खतिवडाले सङ्घीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिनुभयो । “अहिले पर्यटकीय गतिविधि शून्य प्रायः रहेकाले बजेट अभाव हुनु स्वभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्नसके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

    यस्तै उहाँले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहेको जानकारी दिनुभयो । यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटक भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । 

    आषाढ २३, २०७८ बुधवार १९:३०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana