Logo

बुधवार, मंसिर १५ गते २०७८

images

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

नेपालपाना आषाढ २३ २०७८
  • 3.3K
    SHARES
  • हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

    एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका छन् ।

    मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए ।

    उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई पनि दोषी मानिँदै आएको थियो ।

    अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ ।

    राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

    आषाढ २३, २०७८ बुधवार १९:३८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana