Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

नेपाल प्रहरीले बाहिर ल्यायो ठमेलमा चिनियाँहरुको कालो कर्तुत, एकपछि अर्को गरी रंगेहात समातिँदै

नेपाल प्रहरीले बाहिर ल्यायो ठमेलमा चिनियाँहरुको कालो कर्तुत, एकपछि अर्को गरी रंगेहात समातिँदै

नेपाल पाना आषाढ २४ २०७८
  • 7.0K
    SHARES
  • नेपाल प्रहरीले बाहिर ल्यायो ठमेलमा चिनियाँहरुको कालो कर्तुत, एकपछि अर्को गरी रंगेहात समातिँदै

    काठमाडौं । नेपालमा चिनियाँ नागरिकको गैरकानुनी धन्दा प्रहरीले भण्डाफोर गरेको छ ।

    एटिएम ह्याकिङ प्रकरणदेखि जुवातास, वन्यजन्तु तस्करीसम्म गैरकानुनी गतिविधि प्रहरीले बाहिर ल्याइसकेको छ । संलग्न चिनियाँ नागरिकहरु धमाधम समातिरहेका छन् । यसैक्रममा बुधवार राती ठमेलबाट ५ जना चिनियाँ नागरिक समातिएका छन् ।

    चिनियाँकै सञ्चालनमा रहेको होटल सिआओ सियाङबाट इलेक्ट्रिक जुवा खेलिरहेका एक महिलासहित ५ जना चिनियाँ नागरिक १ लाख २३ हजार रूपैयाँ नगदसहित समातिएका हुन् ।

    महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार जुवा खेलिरहेको अवस्थामा रंगेहात फेला परेका उनीहरुबाट जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत पनि बरामद भएको छ ।

    यसअघि सोमवार मात्रै ४ जना चिनियाँ नागरिक ८ लाख नगद, इलेक्ट्रोनिक जुवा सामग्री र वन्यजन्तुसहित ज्याठाबाट पक्राउ परेका थिए ।

    उनीहरुमाथि अनुसन्धान चलिरहँदा थप चिनियाँको कर्तुत नेपाल प्रहरीले बाहिर ल्याएको हो ।

    आषाढ २४, २०७८ बिहिवार १३:५९:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana