Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

रामचन्द्र पौडेलद्वारा क्रियाशील सदस्यता छाबिन समिततिको उच्च प्रशंसा !

रामचन्द्र पौडेलद्वारा क्रियाशील सदस्यता छाबिन समिततिको उच्च प्रशंसा !

नेपालपाना आषाढ २६ २०७८
  • 4.8K
    SHARES
  • रामचन्द्र पौडेलद्वारा क्रियाशील सदस्यता छाबिन समिततिको उच्च प्रशंसा !

    काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको उच्च प्रशंसा गरेका छन् ।

    शनिबार क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय गौशाला धर्मशालामा पुगेका नेता पौडेलले समितिको कार्यको प्रशंसा गरेका हुन् । 

    समितिले गरिरहेको काम कारवाहीका बारेमा जानकारी लिएका नेता पौडेलले छानबिन कार्यलय धर्मशालामा गरिएकोमा समेत खुसी व्यक्त गरेका छन् ।

    यस क्रममा समितीका संयोजक रमेश लेखकले हालसम्म भएको कामको विवरण समेत सुनाएका छन् । समितिले असार ३० गते सम्म छानबिन पूरा गरि सक्ने र सहमतिमा नै सम्पुर्ण विवाद टुंगोमा पुर्याउने बताएको छ।

    यसका लागि ५७ जिल्लाको नामावली छापिइसकिएको छ भने, ६४ जिल्लाको नामावली टुङ्गो लागि सकेको छ ।

    छानबिन समितिले अहोरात्र खटिएर काम गरेकोमा समेत नेता पौडेलले कृतज्ञता व्यक्त गरेका छन् । 

    आषाढ २६, २०७८ शनिवार १८:४७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana