Logo

आइतवार, श्रावण १० गते २०७८

दक्षिण एशियाली फुटबल नेपालमा गर्ने  प्रधानमन्त्रीको घोषणा

दक्षिण एशियाली फुटबल नेपालमा गर्ने  प्रधानमन्त्रीको घोषणा

नेपालपाना आषाढ २७ २०७८
  • 1.9K
    SHARES
  • दक्षिण एशियाली फुटबल नेपालमा गर्ने  प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै  नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिनुभयो । 
     
     आयोजक राष्ट्र बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गर्नुभयो । “हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्”, उहाँले भन्नुभयो । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रङ्गशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बङ्गलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी  भएको बताउनुभयो । 

     नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उहाँले खेलमा अनुशासन अत्यावश्यक भएको बताउनुभयो । “टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । देशको विकास हुनका लागि खेलकूदको मात्र  नभई चौतर्फी विकास आवश्यक भएको उहाँको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

    आषाढ २७, २०७८ आइतवार १८:०४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana