Logo

सोमवार, कार्तिक १ गते २०७८

images

भाेली सार्वजानिक बिदा

भाेली सार्वजानिक बिदा

नेपालपाना आषाढ २८ २०७८
  • 8.8K
    SHARES
  • भाेली सार्वजानिक बिदा

    तनहुँ । जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 

    स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका  कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । 

    भानु नगरपालिका–४ चुँदीरम्घा बँेसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो ।

    आषाढ २८, २०७८ सोमवार २०:५१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिदा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana