Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

नेपालपाना आषाढ २८ २०७८
  • 4.1K
    SHARES
  • अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ

    एजेन्सी। लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तामा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । 

    संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो । 

    मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । 

    त्यसैगरी कोरोनाभाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।

    अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गर्नुभएको छ । 

    उहाँले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गर्नुभएको छ ।

    आषाढ २८, २०७८ सोमवार २०:५४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana