Logo

बिहिवार, जेठ ५ गते २०७९

images

सर्वोच्चको फैसला प्रधानन्यायाधीश राणा प्रधानमन्त्री बन्नेगरी आएको खुलासा, यसरी बन्न सक्छन् चोलेन्द्र अर्को खिलराज

सर्वोच्चको फैसला प्रधानन्यायाधीश राणा प्रधानमन्त्री बन्नेगरी आएको खुलासा, यसरी बन्न सक्छन् चोलेन्द्र अर्को खिलराज

नेपालपाना आषाढ २९ २०७८
  • 34.1K
    SHARES
  • सर्वोच्चको फैसला प्रधानन्यायाधीश राणा प्रधानमन्त्री बन्नेगरी आएको खुलासा, यसरी बन्न सक्छन् चोलेन्द्र अर्को खिलराज

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । साथै दलीय ह्विप नलाग्ने फैसला सुनाएको छ ।

    यो फैसलाको विरोधमा नेकपा एमाले उत्रिएको छ । महेश बस्नेतको नेतृत्वमा युवाहरु सडकमा उत्रिएका छन् । 

    फैसलालगत्तै सडकमा उत्रिँदै नेता बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका साथ यो फैसला आएको टिप्पणी गरेका छन् । 

    उनले भने, ‘एमालेमा आउनुस् एमालेको नेता बन्न रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुस् । मिनी दल गठन गरेर आउने कुरा तपाईले सक्नुहुन्न । तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने, विश्वासको मतमा देउवालाई ढाल्ने, ६ महिनापछि श्री ३ को नयाँ स्वरुप धारण गरेर तपाई प्रधानमन्त्री बन्ने डिजाइनमा यो फैसला गर्न तयार हुनुभयो । यो डिजाइन सफल हुँदैन,’ उनले भने । 

    त्यसो त माधव नेपाल विपक्षी गठबन्धनबाट बाहिरिसकेकाले देउवाले विश्वासको मत पाउने देखिँदैन । ६ महिनाभित्र चुनाव गर्न नसके खिलराज रेग्मीजस्तै चोलेन्द्र शम्शेर राणा पनि अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बन्ने अवस्था आउन सक्छ ।

    आषाढ २९, २०७८ मंगलवार १२:५७:०१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend